भोजपुर कांग्रेस सभापतिमा बान्तवा
भोजपुर, मंसिर ७ : नेपाली कांग्रेस भोजपुर जिल्ला सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन्।पार्टीको चौधौं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनले ४१५ मत ल्याएका थिए। बान्तावाका प्रमुख...
भोजपुर, मंसिर ७ : नेपाली कांग्रेस भोजपुर जिल्ला सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन्।
पार्टीको चौधौं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनले ४१५ मत ल्याएका थिए।
बान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याएको थिए।
तीनैजनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउनेबीच पुनः निर्वाचन हुने अवस्था थियो तर निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तावालाई नै सभापति बनाइएको कांग्रेसका एक नेताले बताए।
जम्मा एक हजार २२७ मतमा एक हजार १६७ मत सदर भएको र ६० मत बदर भएको थियो।
प्रकाशित मिति: १२:२३ बजे, मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











