Kathmandu Press

बुल्गेरियामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

सोफिया, मंसिर ७ : पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बिटिएले जनाएको छ। उक्त दुर्घटनामा...
बुल्गेरियामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

सोफिया, मंसिर ७ : पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बिटिएले जनाएको छ। उक्त दुर्घटनामा जलेका सातजनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ।

मृत्यु हुनेमा बालबालिका समेत रहेको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बताएका छन्।

सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समय अनुसार दिउँसो २ बजे सो दुर्घटना भएको हो। दुर्घटनाको कारण अझै पत्ता लाग्न नसकेको जनाइएको छ।

प्रकाशित मिति: १२:०१ बजे, मंगलबार, मंसिर ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्