Kathmandu Press

अमेरिकामा १८ प्रतिशतले बढ्यो कोरोना संक्रमण

वासिङ्टन, मंसिर ७ : संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको छ।स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकामा...
अमेरिकामा १८ प्रतिशतले बढ्यो कोरोना संक्रमण

वासिङ्टन, मंसिर ७ : संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको छ।

स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकामा अघिल्लो साताको तुलनामा बढेका संक्रमितको संख्या १८ प्रतिशत पुगेको हो। 

Hardik ivf

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडिसीका अनुसार अमेरिकामा हरेक दिन कम्तीमा पनि ९० हजार जना संक्रमित हुने गरेका छन्। सो सेन्टरद्वारा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट ९२ हजार ८ सयजना संक्रमित भएका छन्।  

अहिले पनि दैनिक कम्तीमा पनि ९० हजार जनामा यो भाइरसको संक्रमण भेटिने गरेकोे छ। अघिल्ला सात दिनभन्दा यो साता ९० हजारको हाराहारीमा यी संक्रमित भेटिएका छन्।

तर सोमबार भने यसमा वृद्धि भएको हो। त्यसैगरी सो सेन्टरको तथ्यांकअनुसार अमेरिकामा हरेक दिन अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको छ। 

स्वास्थ्य अधिकारीहरुका अनुसार यहाँ प्रत्येक दिन कम्तीमा पनि ६ प्रतिशतका दरले अस्पताल भर्ना हुने नागरिकको संख्या बढिरहेको छ। पछिल्ला दिनहरुमा यसरी संक्रमित तथा मृत्यु हुनेको संख्या नै बढ्दै गएको देखिएको हो।

अमेरिकामा कोभिड विरुद्धको खोप लगाउने संख्या भने धेरै छ। उक्त सेन्टरका अनुसार यो खोप नलगाउनेलाई लगाउनेको भन्दा संक्रमण सर्ने ६ गुणा बढी डर हुन्छ। 

त्यसैगरी खोप नलगाउने व्यक्तिको मृत्युदर पनि लगाउनेको भन्दा कम्तीमा पनि १४ गुणा बढी रहने बताइएको छ।

प्रकाशित मिति: ११:५७ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्