एमालेको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, मंसिर ७ : महाधिवेशन प्रतिनिधि मनोनयनका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्न लागेको छ।आज बिहान ११ बजे ललितपुरको...
काठमाडौं, मंसिर ७ : महाधिवेशन प्रतिनिधि मनोनयनका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्न लागेको छ।
आज बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको एमलो कार्यालय सविच शेरबहादुर तामाङले जानकारी दिए। सोमबार बोलाइएको बैठक तयारी नपुगेको भन्दै सारिएको थियो।
एमालेमा ५ प्रतिशत प्रतिनिधि केन्द्रले मनोनित गर्ने व्यवस्था छ। त्यसका लागि स्थायी कमिटीले निर्णय गर्नुपर्छ। स्थायी कमिटीको निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गर्छ।
एमाले १०औं राष्ट्रिय महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदै छ।
प्रकाशित मिति: ०८:२८ बजे, मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











