कांग्रेस डडेल्धुराको सभापतिमा साउद निर्वाचित
डडेल्धुरा, मंसिर ७ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सभापतिमा भीमबहादुर साउद निर्वाचित भएका छन्।मंगलबार बिहान सम्पन्न मत...
डडेल्धुरा, मंसिर ७ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सभापतिमा भीमबहादुर साउद निर्वाचित भएका छन्।
मंगलबार बिहान सम्पन्न मत गणनामा चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन्। उनले सात सय ३४ मत पाए भने ठकुराठीले ७६ मत पाए। उनी परशुराम नगरपालिकाका मेयर हुन्।
यस्तै सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन्। उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी र डिल्लीराज जोशी, सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्वाचित भएका हुन्।
प्रकाशित मिति: ०८:०९ बजे, मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











