सामान्य विवादमा कुटपिट गरेर हत्या
सिलगढी, मंसिर ७ : डोटीको बोगटानफुड्सिल गाउँपालिका–१ उल्टेपानीमा सामान्य विवादमा झगडा हुँदा एक जनाको हत्या भएको छ।स्थानीय युवकले कुटपिट गरेर ४९ वर्षीय धनबहादुर...
सिलगढी, मंसिर ७ : डोटीको बोगटानफुड्सिल गाउँपालिका–१ उल्टेपानीमा सामान्य विवादमा झगडा हुँदा एक जनाको हत्या भएको छ।
स्थानीय युवकले कुटपिट गरेर ४९ वर्षीय धनबहादुर मगरको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो।
मिलनले कुटपिट गर्दा धनबहादुर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको चन्दले बताए।
कुटपिटमा संलग्न मिलनलाई प्रहरी चौकी चमराचौतराको टोलीले पक्राउ गरेको छ। उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०७:३४ बजे, मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











