Kathmandu Press

प्रधानमन्त्री देउवा र पत्नी आरजु सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

काठमाडौं, मंसिर ६ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन भएका छन् ।उनी गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन...
प्रधानमन्त्री देउवा र पत्नी आरजु सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

काठमाडौं, मंसिर ६ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन भएका छन् ।

उनी गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए । सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए ।

यस्तै कांग्रेस नेतृ एवम प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भईन् ।

कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ । 

प्रकाशित मिति: २१:२० बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्