प्रकाशमानको श्रीमती र छोरा बने महाधिवेशन प्रतिनिधि
काठमाडौं, मंसिर ५ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना र छोरा नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा चयन भएका...
काठमाडौं, मंसिर ५ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना र छोरा नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
सोमबार काठमाडौं क्षेत्र नम्बर ७ मा भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट प्रकाशमानका श्रीमती र छोरा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
प्रकाशमान भने स्वतः महाधिवेशन प्रतिनिधि भएका छन् । कांग्रेसको विधानअनुसार सभापतिदेखि केन्द्रीय समितिका सबै सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था अनुसार प्रकाशमान स्वतः महाधिवेशन प्रतिनिधि हुने भएका हुन् ।
प्रकाशमानसँगै छोरा र श्रीमती महाधिवेशन प्रतिनिधि बनेसँगै उनको घरमा ३ जना महाधिवेशन प्रतिनिधि भएका छन् ।
प्रकाशित मिति: २०:५० बजे, सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











