एनआरएनएको चुनाव गराउने जिम्मा संरक्षक परिषदलाई, एनसीसीहरुले गरे स्वागत
काठमाडौं, मंसिर ६ : गैर आवासीय नेपाली संघको महाधिवेशन र चुनावबारे अन्यौल कायमै रहंदा परराष्ट्र मन्त्रालयले संघको विधान अनुसार संरक्षक परिषदलाई चुनाव गराउने...
काठमाडौं, मंसिर ६ : गैर आवासीय नेपाली संघको महाधिवेशन र चुनावबारे अन्यौल कायमै रहंदा परराष्ट्र मन्त्रालयले संघको विधान अनुसार संरक्षक परिषदलाई चुनाव गराउने जिम्मा दिएको छ ।
उच्च परराष्ट्र श्रोतका अनुसार मन्त्रालयले अध्यक्ष कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल गत अक्टोबर १८ मै सकिईसकेको र संघको विधान अनुसार कार्यकाल थप्ने कुनै प्रावधान नरहेकाले महाधिवेशन र चुनाव गराउन संरक्षक परिषदलाई जिम्मा दिएको हो । बिभिन्न राष्ट्रिय समनवय परिषद र अन्तरराष्ट्रिय समन्वय परिषदका ३ जना पदाधिकारीहरुले महाधिबेशन प्रतिनिधि चयन विधान बिपरित अलग अलग मापदन्डमा गरिएको भनि पररास्ट्र मन्त्रालयमा उजुरी गरेका थिए ।
त्यसबारेमा छानबिन गर्न मन्त्रालयले कानुन मन्त्रालय लगायतका अधिकारि सम्मिलित छानबिन समिति गठन गरेको थियो । मन्त्रालय श्रोतका अनुसार एनआरएनए विधान र परम्परा, अध्यक्ष कुमार पन्त र पूर्व अध्यक्षहरुको धारणा र बिभिन्न देशमा भएका अनियमितताको छानबिन गरेर समितिले प्रतिबेदन बुझाएको थियो । गत हप्ता पन्त लगायतको टोलिलाई पररास्ट्र मन्त्री नारायण खड्काले उजुरिकर्ताको राय र छनबिन समितिको प्रतिबेदन अनुसार निर्णय दिने बताएका थिए ।
त्यस अघि नै अध्यक्ष कुमार पन्तले गत शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी आउंदो १५ डिसेम्बरमा संघको चुनाव गराउने र १९ तथा २० डिसेम्बरमा काठमाडौँ मा महाधिवेशन गराउने जनाएका थिए। तर संघका केन्द्रीय सल्लाहकार तथा २०२१ २३ कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले डेलिगेट्स समस्या समाधान गरेर मात्रै चुनाव गराउन आग्रह गरेका थिए। यता, गैर आवासीय नेपाली संघको महाधिवेशन र चुनाव गराउने जिम्मा संरक्षक परिषदलाई दिने परराष्ट्र को निर्णय को राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले स्वागत गरेका छन्।
गत महिना सम्पन्न एनसीसीहरुको पहिलो विश्व भेलाका आयोजकहरु मध्ये एक एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगरले २०१९ २१ को कार्यसमितीले महाधिबेशन गराउन् असमर्थ रहेको अवस्थामा बिधानमा ब्यबस्था भए अनुसार सँरक्षक परिषदलाई महाधिबेशन गराउन जिम्मा दिनु अहिलेको अबस्थामा उत्तम विकल्प भएको बताए।











