Kathmandu Press

बैतडी कांग्रेसमा कडा प्रतिस्पर्धा

बैतडी, मंसिर ६ : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत बैतडीमा जिल्ला सभापतिका लागि दुईजना चुनावी मैदानमा छन्। मंगलबार हुने निर्वाचनका लागि चतुरबहादुर चन्द र...
बैतडी कांग्रेसमा कडा प्रतिस्पर्धा

बैतडी, मंसिर ६ : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत बैतडीमा जिल्ला सभापतिका लागि दुईजना चुनावी मैदानमा छन्। मंगलबार हुने निर्वाचनका लागि चतुरबहादुर चन्द र शिवराज भट्टले आआफ्नो समूह बनाएर नै चुनावी मैदानमा उत्रिएका हुन्।  

जिल्लाको नयाँ नेतृत्व निर्वाचनमार्फत नै हुने देखिएको छ। यसअघि शनिबार सम्पन्न  दुइवटै प्रदेशसभा क्षेत्रको नेतृत्व पनि निर्वाचनबाटै चयन भएको थियो । प्रदेशसभा क्षेत्र (क) मा विष्णुप्रसाद भट्ट र प्रदेशसभा क्षेत्र (ख) मा शिवराज भट्ट विजयी भएका छन्।

प्रदेश क्षेत्रमा सोचेअनुसारको नतिजा नआए पनि आफ्नो टिम जिल्लाका लागि कमजोर नभएको भट्ट समूहका सचिवका उम्मेद्वार रमेशसिंह भण्डारीको दाबी छ। उनले भने, ‘नेतृत्व हाम्रो टिमले पाउनेमा ढुक्क छौं।’

यता चन्द समूह भने प्रदेशसभाको नतिजा हेर्दा आफू जित्नेमा ढुक्क रहेको छ। प्रदेशसभाको नतिजाले पनि अगाडि रहेकाले जिल्लाको नेतृत्व आफ्नो टिमले चन्द समूहबाट उपसभापतिका उम्मेदवार रमेश पाण्डेयले बताए। चतुरबहादुरको प्यानलबाट उपसभापतिमा रमेश पाण्डेय र खगेन्द्रसिंह धामी, सचिवमा प्रेमबहादुर चन्द र देवराज जोशी, सहसचिवका लागि दिपेन्द्रबहादुर चन्द र दशरथसिंह चाडको उम्मेदवारी रहेको छ। 

शिवराज प्यानलमा वीरबहादुर विष्ट र हरिसिंह धामी उपसभापति, सचिवमा रमेशसिंह भण्डारी र कर्णबहादुर बोहरा, सहसचिवमा रमेश कोली र घनश्याम भट्टको उम्मेदवारी घोषणा गरेका छन्। जिल्ला अधिवेशन मङ्सिर ७ गते तोकिएको छ जसमा एक हजार ४०० क्षेत्रीय प्रतिनिधिले मत खसाल्नेछन्।

प्रकाशित मिति: १७:२७ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्