Kathmandu Press

एमालेलाई सरकारमा फर्काउन ओलीजस्ता समक्ष नेतृत्व आवश्यक : बादल

काठमाडौं, मंसिर ६ : एमाले नेता रामबहादुरबहादुर थापा ‘बादल’ले एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव भएको दाबी गरेका छन्।‘नेकपा एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि...
एमालेलाई सरकारमा फर्काउन ओलीजस्ता समक्ष नेतृत्व आवश्यक : बादल

काठमाडौं, मंसिर ६ : एमाले नेता रामबहादुरबहादुर थापा ‘बादल’ले एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव भएको दाबी गरेका छन्।

‘नेकपा एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव छ। हामी चितवनबाट कमरेड केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय समितिको बनाएर एउटा सक्षम नेतृत्व स्थापित गर्न चाहन्छौं,’ महाधिवेशन व्यवस्थापन समिति संयोजकसमेत रहेका उनले भने, ‘यो देशको जिम्मेवारी त्यही नेतृत्वलाई हामी दिन चाहन्छौं।’

एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्ले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले​ पार्टीको दसौं राष्ट्रिय महाधिवेशनले सबल र सक्षम नेतृत्वलाई स्थापित गर्ने बताए।

जनादेशबाट राजकीय सत्तामा एमाले पुनर्स्थापित हुने सन्देश महाधिवेशनले दिने उनको भनाइ थियो। 

अहिलेको सत्तारूढ गठबन्धनलाई विस्थापित गरेर एमालेलाई सरकारमा फर्काउन ओलीजस्ता समक्ष नेतृत्व पार्टीका लागि आवश्यक पर्ने जिकिर पनि उनले गरे। 

उनले एमालेको नेतृत्वमा मात्रै मुलुकले समृद्धि हासिल गर्ने र नेपालीले सुख पाउने उनको भनाइ थियो।

प्रकाशित मिति: १७:२२ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्