उद्योगी विनोद चौधरी बने कांग्रेस महाधिवेशन प्रतिनिधि
काठमाडौं, मंसिर ६ : उद्योगी विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिका रूपमा चुनिएका छन्।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज नवलपरासी पश्चिम–१ बाट सम्पन्न अधिवेशनबाट उनी महाधिवेशनमा...
काठमाडौं, मंसिर ६ : उद्योगी विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिका रूपमा चुनिएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज नवलपरासी पश्चिम–१ बाट सम्पन्न अधिवेशनबाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन्।
निर्वाचन समितिका अनुसार चौधरी मधेसी कोटाबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
उनी नेपाली कांग्रेसका तर्फबाट संघीय सांसद पनि हुन्।
प्रकाशित मिति: १६:५१ बजे, सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











