उपत्यकामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, मंसिर ६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १२४, भक्तपुरमा १० र ललितपुरमा ३६...
काठमाडौं, मंसिर ६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा १२४, भक्तपुरमा १० र ललितपुरमा ३६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,५६० रहेको छ।
तीमध्ये काठमाडौंमा ५५४, भक्तपुरमा ४६२ र ललितपुरमा ५४४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:२६ बजे, सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











