Kathmandu Press

थपिए ३८५ संक्रमित, निको हुने २५८ जना, ४ को मृत्यु

९,९२१ जनामा गरिएको पिसिआर परीक्षणबाट ३६७ र २,७७६ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थपिए ३८५ संक्रमित, निको हुने २५८ जना, ४ को मृत्यु

काठमाडौं, मंसिर ६ : पछिल्लो २४ घन्टामा देशभरिमा ३८५ जना कोरोना संक्रमित थपिएका छन्।

९,९२१ जनामा गरिएको पिसिआर परीक्षणबाट ३६७ र २,७७६ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

मन्त्रालयका अनुसार सोही अवधिमा २५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ८,००,६१७ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,५०० पुगेको छ।

अहिले देशभरिमा ७,२६९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ६,८२७ जना होम आइसोलेसनमा र ४४२ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी २३० जनाको आईसियुमा उपचार भइरहँदा ५५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:२१ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्