Kathmandu Press

राष्ट्रपति भण्डारीले गरिन् जलेश्वरनाथ महादेवकाे पूजाअर्चना

महोत्तरी, मंसिर ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना गरेकी छन्। आज राष्ट्रपति भण्डारी पूजाअर्चना र...
राष्ट्रपति भण्डारीले गरिन् जलेश्वरनाथ महादेवकाे पूजाअर्चना

महोत्तरी, मंसिर ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना गरेकी छन्। 

आज राष्ट्रपति भण्डारी पूजाअर्चना र दर्शनका लागि आउने भएपछि नेपाली सेनाले गुफाबाट पानी बाहिर निकालेकोथियाे र त्यसपछि राष्ट्रपति भण्डारीले गुफागृहमै प्रवेश गरेर पूजाअर्चना गरेकी थिइन्। 

जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिंढीमुनि जमिनभित्र रहेको छ। यहाँ चौबिसै घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षभरि नै जलमै विराजमान रहने बताइन्छ।  

सो अवसरमा राष्ट्रपति भण्डारीले उक्त मन्दिरका मूल पूजारी उपेन्द्र पाठकका हातबाट टीका तथा प्रसाद ग्रहण गरेकी थिइन्। यहाँ महादेवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतीक्षा गर्नुपर्छ।

यस मन्दिरभित्र करिब २० फिट मुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्र सम्भव हुने गर्दछ।

राष्ट्रपति भण्डारी पूजाअर्चनाका लागि यहाँ आउँदा जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्र, सो मन्दिरका मूल पुजारी र पदाधिकारी तथा स्थानीयले स्वागत गरेका थिए। 

प्रकाशित मिति: १५:५९ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्