Kathmandu Press

७२ वर्षीय वृद्धको हत्या आरोपमा एकजना पक्राउ

दोलखा, मंसिर ६ : ७२ वर्षीय वृद्धको हत्या गरेको आरोपमा दोलखामा ५७ वर्षीय पुरुष पक्राउ परेका छन्। भिमेश्वर नगरपालिका–४ जिलु बस्ने ७२ वर्षीय ज्ञान बहादुर...
७२ वर्षीय वृद्धको हत्या आरोपमा एकजना पक्राउ

दोलखा, मंसिर ६ : ७२ वर्षीय वृद्धको हत्या गरेको आरोपमा दोलखामा ५७ वर्षीय पुरुष पक्राउ परेका छन्। 

भिमेश्वर नगरपालिका–४ जिलु बस्ने ७२ वर्षीय ज्ञान बहादुर मङरातीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने बस्ने ५७ वर्षीय बिष्णु श्रेष्ठलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। 

विष्णुले मादक पदार्थ सेवन गरी ज्ञान बहादुरलाई लाठी प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि च्छोरोल्पा अस्पताल चरिकोटमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी चौकी सातदोबाटोबाट खटिएको प्रहरीले बिष्णुलाई पक्राउ गरेको हो। 

यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ। 
 

प्रकाशित मिति: १५:४८ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्