Kathmandu Press

बाघको छालासहित पक्राउ  

दाङ, मंसिर ६ : बाघको छालासहित दाङ एकजना पक्राउ परेका छन्।  घोराही उपमहानगरपालिका–१६ गडुवाबाट एक थान बाघको छाला सहित तुलसीपुर उपमहानगरपालिका–५ बस्ने ३१ वर्षीय महेश...
बाघको छालासहित पक्राउ  

दाङ, मंसिर ६ : बाघको छालासहित दाङमा एकजना पक्राउ परेका छन्।
  
घोराही उपमहानगरपालिका–१६ गडुवाबाट एक थान बाघको छाला सहित तुलसीपुर उपमहानगरपालिका–५ बस्ने ३१ वर्षीय महेश खड्कासमेत दुईजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा२प २६६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १५:३२ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्