Kathmandu Press

‘लिबियाबाट क्यानडामा ७१ शरणार्थी पुनर्वास’

त्रिपोली, मंसिर ६ : शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर) ले आइतबार लिबियाबाट क्यानाडामा ७१ शरणार्थीलाई पुनर्वास गरेको जनाएको छ।युएनएचसिआरले इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनको...
‘लिबियाबाट क्यानडामा ७१ शरणार्थी पुनर्वास’

त्रिपोली, मंसिर ६ : शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर) ले आइतबार लिबियाबाट क्यानाडामा ७१ शरणार्थीलाई पुनर्वास गरेको जनाएको छ।
युएनएचसिआरले इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनको सहयोगमा लिबियाबाट क्यानाडामा ३७ बालबालिकासहित ७१ शरणार्थीलाई पुनर्वास गरेको भन्दै युएनएचसिआरले ट्विट गरेको छ।

उक्त समूहमा सिरिया, सुडान, प्यालेस्टाइन र सोमालियाका परिवारहरू रहेका छन्। हाल युएनएचसिआरमा लिबियामा ४१ हजार ४ सय ४ शरणार्थी दर्ता भएका छन्।

Hardik ivf

लिबियाले २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतनपछि असुरक्षा र अराजकताको सामना गरिरहेको छ, जसले उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारहरूमा जान चाहने गैरकानुनी आप्रवासीहरूका लागि प्रस्थानको एक रोजाइको बिन्दु बनाएको छ।

यो वर्ष अहिलेसम्म जम्मा २९ हजार ४२७ अवैध आप्रवासीलाई उद्धार गरिएको छ भने मध्य भूमध्यसागरमा रहेको लिबियाको तटमा ४९० जनाको मृत्यु भएको छ भने ७३६ जना बेपत्ता भएका छन्।

प्रकाशित मिति: १२:२१ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्