सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर ९३ हजार ९०० तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला ९३...
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर ९३ हजार ९०० तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ जसको मूल्य आइतबार प्रतितोला ९३ हजार २०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ ।
प्रकाशित मिति: ११:४३ बजे, सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











