Kathmandu Press

महाधिवेशनको पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक

काठमाडौं, मंसिर ६ : महाधिवेशनमा होमिएको नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज  बस्दैछ । बैठक अपराह्न ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने एमाले...
महाधिवेशनको पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक

काठमाडौं, मंसिर ६ : महाधिवेशनमा होमिएको नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज  बस्दैछ । बैठक अपराह्न ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेको १०औँ महाधिवेशन १०/१२ मंसिरमा चितवनमा हुँदैछ । त्यसको पूर्वसन्ध्यामा स्थायी कमिटी बस्न लागेको हो । सचिव तामाङका अनुसार बैठकमा महाधिवेशन तयारीको समीक्षा र महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुनेछ।

एमालेको १०औँ महाधिवेशनमा कुल प्रतिनिधिको पाँच प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ । जसअनुसार करिब एक सय महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् । 

प्रकाशित मिति: ०९:२० बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्