प्रतिनिधिसभा क्षेत्रमा आज कांग्रेसको अधिवेशन
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुन लागेको छ।
काठमाडौं, मंसिर ६ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुन लागेको छ।
कांग्रेसले वडा र स्थानीय तहको अधिवेशन गरिसकेको छ। त्यस्तै, प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि क्षेत्रीय अधिवेशन गरिसकेको छ।
आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्न लागिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। अधिवेशनबाट क्षेत्रीय समितिका पदाधिकारी र सदस्य चयन हुनेछ।
त्यस्तै, महाधिवेशन प्रतिनिधि पनि छनोट हुनेछ। एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जना प्रतिनिधि छनोट हुने व्यवस्था रहेको छ।
यिनै महाधिवेशन प्रतिनिधिले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न पाउनेछन्। अहिले केन्द्रीय सदस्य र पदाधिकारी रहेका नेताहरुले महाधिवेशन प्रतिनिधि हुनु पर्दैन। वैकल्पिक केन्द्रीय सदस्य रहेका नेताले भने महाधिवेशन प्रतिनिधि भएर आउनुपर्छ।
आज ६० जिल्लाका एक सय ४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
यसपछि जिल्ला र प्रदेश अधिवेशन हुनेछ। कांग्रेसले मंसिर १० मा जिल्ला अधिवेशन र मंसिर १६ र १७ मा प्रदेश अधिवेशन तोकेको छ।
त्यसपछि महाविधेशन हुनेछ। महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने तय गरिएको छ।











