बैतडीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जनाको मृत्यु
बैतडी, मंसिर ६ : बैतडीमा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा मृत्यु पाँच जनाको मृत्यु भएको छ।गएराति दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६...
बैतडी, मंसिर ६ : बैतडीमा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा मृत्यु पाँच जनाको मृत्यु भएको छ।
गएराति दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको बोलेरो दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो।
बोलेरोमा सवार सात जनामध्ये पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुने सबै दशरथचन्द नगरपालिका–६ का बासिन्दा छन्। दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको खड्काले बताए।
दुर्घटनामा परेर दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय हर्कबहादुर चन्द र बोलेरो चालक डडेल्धुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा लगिएको छ।
गएराति साढे ८ बजेतिर बोलेरो सडकबाट तल खसेको थियो। दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।











