Kathmandu Press

जबरजस्ती करणी गरेको अभियोगमा एक किशाेर पक्राउ

भोजपुर, मंसिर ५ : १९ वर्षीया किशोरीलाई महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्।पौवादुङ्ममा गाउँपालिका २ खेसाङका १९ वर्षीय वीर बहादुर...
जबरजस्ती करणी गरेको अभियोगमा एक किशाेर पक्राउ

भोजपुर, मंसिर ५ : १९ वर्षीया किशोरीलाई महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्।

पौवादुङ्ममा गाउँपालिका २ खेसाङका १९ वर्षीय वीर बहादुर पहाडीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

वीर बहादुरले ती किशोरीलाई शनिबार बेलुकी जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बास्तीमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २०:१३ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्