कांग्रेस महाधिवेशनका लागि गठन गरिएको आर्थिक समिति विस्तार
काठमाडौं, मंसिर ५ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि गठित आर्थिक समितिमा १३ जना सदस्य मनोनयन भएका छन् ।आर्थिक समितिका संयोजक एवं...
काठमाडौं, मंसिर ५ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि गठित आर्थिक समितिमा १३ जना सदस्य मनोनयन भएका छन् ।
आर्थिक समितिका संयोजक एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र तीन जना सल्लाहकार नियुक्त गरेका छन्।
जसको सदस्यमा उमेश श्रेष्ठ, दीपक खड्का, जिप छिरिङ लामा, मोहन आचार्य, इन्द्र बानियाँ, अनिल रुगंटा, महेश जाजु, वीरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डेलाई सदस्यमा मनोनीत गरिएको छ।
यस्तै सल्लाहकारमा दीपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी, विनोद चौधरी र पाल्देन गुरुङ मनोनित भएका छन् ।
प्रकाशित मिति: १९:१३ बजे, आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











