Kathmandu Press

सुब्बाको अध्यक्षता एकीकृत स्वास्थ्यकर्मी सङ्गठन गठन, घोषणापत्र जारी

भक्तपुर, मंसिर ५ : भक्तपुरको बोडेमा आयोजना भएको दुईदिने राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको राष्ट्रिय भेलाले भक्तिमान सुब्बाको अध्यक्षतामा १५१ सदस्यीय ‘एकीकृत स्वास्थ्यकर्मी सङ्गठन...
सुब्बाको अध्यक्षता एकीकृत स्वास्थ्यकर्मी सङ्गठन गठन, घोषणापत्र जारी
Hardik ivf

भक्तपुर, मंसिर ५ : भक्तपुरको बोडेमा आयोजना भएको दुईदिने राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको राष्ट्रिय भेलाले भक्तिमान सुब्बाको अध्यक्षतामा १५१ सदस्यीय ‘एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपाल’ गठन गरेको छ। 

भेलाले सङ्गठनको नाम परिवर्तन गरी एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपाल राखिएको अध्यक्ष सुब्बाले बताए। एकीकृत नेकपा समाजवादीको अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सुरु भएको भेलाले सुब्बाको नेतृत्वमा नयाँ सङ्गठन गठन गरेको हो। भेलाले सङ्गठनको उपाध्यक्षमा डा कृष्णगोपाल महर्जन, महासचिवमा तोप थापा र महिला उपाध्यक्ष राधा सिलवाललाई चयन गरेको छ। भेला बोलाउँदा राष्ट्रिय स्वास्थ्यकर्र्मी सङ्घ नेपालको ब्यानरमा गरिए पनि सम्पन्न हुँदा भने एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालको नाममा सम्पन्न भएको अध्यक्ष सुब्बाले बताए। राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ विसं २०६३ मा स्थापना भएको थियो। 
    
पेसागत मुद्दाहरु उठानका लागि नै भेला गरिएको र कर्मचारी सङ्गठन पार्टी निकट  शुभेच्छुकका रुपमा मात्र रहने अध्यक्ष सुब्बाले बताए। राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ट्रेड युनियनका रुपमा एमाले निकट रहँदै आएको छ। देशभरबाट आएका सङ्घ सम्बद्ध २०० स्वास्थ्यकर्मीको प्रतिनिधिमूलक भेलाबाट बनेको एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालले २३ बुँदे बोडे घोषणापत्रसमेत जारी गरेको सङ्गठनका नवनिर्वाचित उपमहासचिव जनक अधिकारीले बताए।

घोषणापत्रमा स्थानीय तहमा समायोजन भएका सबै स्वास्थ्यकर्मीलाई प्रदेशअन्तर्गत राख्नुपर्ने, स्थानीय तहमा स्वास्थ्यकर्मीले पाएका अनावश्यक दुःखलाई सम्बोधन गर्नुपर्ने, स्वास्थ्य सेवालाई संविधानको मौलिक हकका रुपमा राखिए पनि जनताले हकअनुसार सुविधा नपाएकाले स्वास्थ्य क्षेत्रमा दरबन्दी र स्रोतसाधन बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई उत्प्रेरित र उत्साहपूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने, ठाउँठाउँमा आकस्मिक सेवा दिने अस्पताल बनाउनुपर्ने र स्वास्थ्य बीमामा रहेका विकृति अन्त्य गरी सबै जिल्लामा प्रभावकारी रुपमा बीमा योजना लागू गर्नुपर्ने मागसहित घोषणापत्र जारी गरिएको अध्यक्ष सुब्बाले जानकारी दिए।

प्रकाशित मिति: १८:१९ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्