Kathmandu Press

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

सुनसरी, मंसिर ५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ। शेयर कारोबार हुने साताको पहिलो दिन...
नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

सुनसरी, मंसिर ५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ। शेयर कारोबार हुने साताको पहिलो दिन नै नेप्से ११.६० अङ्कले घटेर दुई हजार ७५७.५३ मा ओर्लेको छ। 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७५ अङ्कले घटेर ५१८.२५ मा पुगेको छ। नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ। कुल २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर रु. चार अर्ब ३५ करोड ७३ लाख नौ हजार ३१९ मूल्यमा कारोबार भयो। आइतबारको कारोबारपछि बजार पूँजीकरण रु. ३८ खर्ब ७८ अर्ब ४९ करोड ४७ लाख २० हजारको हाराहारीमा सीमित भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर उकालो लागेको छ। जलविद्युत् १३.२१ र उत्पादन उपसमूह ९६.१४ अङ्कले बढेको छ।

यस्तै, बैंकिङ ५.१, व्यापार ५८.५४, होटेल तथा पर्यटन ५०.८८, विकास बैंक ६.८९, वित्त १९.२३, निर्जीवन बीमा ६४.१६, अन्य ३८.८८, लघुवित्त १७.४३, जीवन बीमा १४०.५, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.७४ अङ्कले घटेको छ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको रु. ५० करोड ९९ लाख ९२ हजार ३३२ बराबरको कारोबार भयो। नेसनल हाइड्रोपावर रु. २३ करोड ८४ लाख ५० हजार ४८२, नेपाल दूरसञ्चार कम्पनी रु. २२ करोड ६२ लाख ३८ हजार ३३८, हिमाल दोलखा हाइड्रोपावर रु. २१ करोड ५० लाख ७५ हजार १०६ र माथिल्लो तामाकोसी रु. १५ करोड २५ लाख ३८ हजार ६६८ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भएका छन्।

नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक ८, हिमाल दोलखा हाइड्रोपावर ६.४० र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ४.१९ प्रतिशतले कमाए।

यसैगरी, तेह्रथुम पावर कम्पनी ४.२१, आइसिएफसी फाइनान्स ३.८९, प्रिमियर इन्सुरेन्स ३.६१, नेसनल माइक्रोफाइनान्स ३.२८ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाए।

प्रकाशित मिति: १७:२१ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्