Kathmandu Press

चन्द्रयान-२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

नयाँदिल्ली, भदौ ३ : भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो)ले चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ।

इस्रो....

चन्द्रयान-२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश
एजेन्सी

नयाँदिल्ली, भदौ ३ : भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो)ले चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ।

इस्रोका अनुसार मंगलबार बिहान ९ः०२ बजे चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको हो। चन्द्रमाको कक्षबाट चन्द्रमाको सतह करिब एक सय किलोमिटर टाढा रहेको छ।

इस्रोले अब चन्द्रयान–२ लाई सतहमा उतार्ने प्रक्रिया शुरु हुने जनाएको छ। इस्रोद्वारा जारी विज्ञप्तिमा आउँदो सेप्टेम्बर ७ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा चन्द्रयान–२ अवतरण गर्नेछ।

चन्द्रयानको गुणस्तर राम्रो भएकाले चन्द्रमामा अवतरण सफल हुने इस्रोले जनाएको छ। यो यान गत जुलाई २२ मा पृथ्वीबाट प्रक्षेपण गरिएको थियो।

चन्द्रयान–२ आजसम्म चन्द्रमाको कसैले पाइला नटेकेको दक्षिणी क्षेत्रमा अवतरण गर्नेछ। चन्द्रयानमा अर्बिटर, ल्यान्डर र रोभर रहेका छन्।

चन्द्रमाको सतहमा पहिलो पटक भारतीय यान अवतरण गर्न लागेको हो। यससँगै चन्द्रमाको सतहमा पुग्ने विश्वमै चौथो देश बन्नेछ। यसअघि अमेरिका, रुस र चीनले चन्द्रमामा यानहरु ओरालिसकेका छन्। (एएनआई)

प्रकाशित मिति: १४:२४ बजे, मंगलबार, भदौ ३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्