Kathmandu Press

थपिए २३८ संक्रमित, निको हुने ३७० जना, एकको मृत्यु

काठमाडौं, मंसिर ५ : पछिल्लो २४ घन्टामा देशभरिमा २३८ जना कोरोना संक्रमित थपिएका छन्।७,८४५ जनामा गरिएको पिसिआर परीक्षणबाट २३२ र १,२७८ जनामा गरिएको एन्टिजेन...
थपिए २३८ संक्रमित, निको हुने ३७० जना, एकको मृत्यु

काठमाडौं, मंसिर ५ : पछिल्लो २४ घन्टामा देशभरिमा २३८ जना कोरोना संक्रमित थपिएका छन्।

७,८४५ जनामा गरिएको पिसिआर परीक्षणबाट २३२ र १,२७८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३७० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ८,००,३५९ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,४९६ पुगेको छ।

अहिले देशभरिमा ७,१६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ६,६९६ जना होम आइसोलेसनमा र ४६८ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी २२७ जनाको आईसियुमा उपचार भइरहँदा ५१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:२९ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्