Kathmandu Press

नेकपा (एस) निकट युवा संघद्वारा ६० जिल्लामा कमिटी विस्तार

काठमाडौं, मंसिर ५ : नेकपा (एकीकृत–समाजवादी) निकट युवा संघले ६० जिल्लामा कमिटी गठन गरेको छ। बाँकी ११ जिल्लामा सदस्यता वितरण गरी चाँडै कमिटी गठन...
नेकपा (एस) निकट युवा संघद्वारा ६० जिल्लामा कमिटी विस्तार

काठमाडौं, मंसिर ५ : नेकपा (एकीकृत–समाजवादी) निकट युवा संघले ६० जिल्लामा कमिटी गठन गरेको छ। बाँकी ११ जिल्लामा सदस्यता वितरण गरी चाँडै कमिटी गठन गरिने जनाइएको छ। 
    
देशभर सङ्गठन निर्माण गरी युवा विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको उल्लेख गर्दै सङ्घले नगर तथा वडामा सङ्गठन निर्माण गर्नेक्रम जारी रहेको जनाएको छ। अहिलेसम्म पूर्वाञ्चल र गण्डकीमा भेला सम्पन्न गरेको सङ्घको वाग्मती प्रदेश भेला सोमबार काठमाडौँमा हुन लागेको बताइएको छ। 

सङ्घका इञ्चार्ज दीलकुमारी पन्तले मुलुकमा शान्ति, सुशासन, स्थायित्व कायम गर्न देशव्यापी प्रशिक्षण, विभिन्न सन्देशमूलक अभियानलगायत राजनीतिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए। 
    
भ्रटाचारमुक्त समाज निर्माणका लागि खबरदारी, सभा, गोष्ठी, मूल्यवृद्धिविरुद्ध रचनात्मक कार्य गर्दै आएको सङ्गठनले विभिन्न स्थानमा सरसफाइसमेत गरेको छ।

परिवर्तित अवस्थामा साङ्गठनिक गतिविधि गर्नुपरेका कारण तथा नयाँ पार्टी निर्माणको औचित्यबारे स्थानीय तहदेखि नै जनतलाई बुझाउने, उनीहरुका समस्यालाई केन्द्रमा राखेर समाधानका लागि समन्वय गर्ने कार्यमा सङ्घ क्रियाशील रहेको जनाइएको छ।

समाजमा विकास र समृद्धि प्राप्तिका लागि युवा लक्षित कार्यक्रम तय गर्न सबै प्रदेशले आआफ्नो विशेषता तथा आवश्यकताअनुसार कार्य योजना बनाइरहेको सङ्घका अध्यक्ष नरेश शाहीले बताए।

प्रकाशित मिति: १६:१३ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्