Kathmandu Press

भारतमा एक दिनमा १० हजार ४८८ नयाँ सङ्क्रमित

नयाँदिल्ली, मंसिर ५ : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ४८८ जना सङ्क्रमित भएका छन्। भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक...
भारतमा एक दिनमा १० हजार ४८८ नयाँ सङ्क्रमित

नयाँदिल्ली, मंसिर ५ : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ४८८ जना सङ्क्रमित भएका छन्। 

भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख २२ हजार ७१४ रहेको छ । यो सङ्ख्या कूल सङ्क्रमित भएका मध्येको ०.३६ प्रतिशत मात्रै भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ।

Hardik ivf

सक्रिय सङ्क्रमितको यो सङ्ख्या सन् २०२० को मार्च अर्थात् ५३२ पछिका सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन्।  मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार कोरोना शुरु भएदेखि हालसमम तीन करोड ४५ लाख १० हजार ४१३ जना कोरोना सङ्क्रमित भएका छन्। 

हिजो शनिबार कोरोना सङ्क्रमणका कारण ३१३ जनाको मृत्यु भएको यसैसँगै भारतमा कोरोनाको कारण मृत्यु  भएका व्यक्तिको संख्या चार लाख ६५ हजार ६६२ जना पुगेको पनि समाचारमा जनाइएको छ। 

पछिल्लो २४ घण्टामा भारतमा १२ हजार ३२९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यसरी एकै समयमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कम हँुदै गएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३९ लाख २२ हजार ३७ रहेको मन्त्रालयले जनाएको छ। 

गत जनवरी १६ बाट भारतमा कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो।  सो समयदेखि अहिलेसम्म भारतमा  एक अर्ब १६ करोड ५० लाख ५५ हजार २१० डोज खोप लगाइएको छ। भारतमा हालसम्म ६३ करोड १६ लाख ४९ लाख ३७८ जनाको परिक्षण भएको पनि मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति: १६:०१ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्