Kathmandu Press

आफ्ना सदस्य दलका उम्मेदवार र प्रतिनिधि बनेकोप्रति पत्रकार महासंघको आपत्ति

आफ्ना सदस्य दलका उम्मेदवार र प्रतिनिधि बनेकोप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं, मंसिर ५ : नेपाल पत्रकार महासंघले आफ्ना विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्य राजनीतिक दलरूका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आबद्ध बनेकोप्रति आपत्ति जनाएको छ।

प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरूमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट आएका आलोचना तथा टीकाटिप्पणीलाई महासंघले गम्भीर रूपमा लिएको पनि जनाएको छ।

आज महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गरेर महासंघको विधान, पत्रकार आचारसंहिता तथा स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई ख्याल गर्दै महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग या समितिमा रही काम गरिरहेको अवस्थामा तथा कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न गरेका छन्।

‘नेपाल पत्रकार महासंघको विधान २०६० ९पाँचौं संशोधन २०७६० ले प्रष्ट रूपमा महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा गर्न पाउने छैन भन्ने कुरा व्यवस्था गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ।’

गत भदौ ९ गते मकवानपुरको दामन बैठकले महासंघको तीन वर्षे कार्ययोजनाको बुँदा ३.५ मा राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्नेगरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिने व्यवस्था गरेकाले उक्त बुँदा कायान्वयनका लागि केन्द्रीय समिति प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा जनाइएका् छ।

कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने कुरा पत्रकारिताको विश्वव्यापी मान्यताभित्रको कुरा अहिले स्मरणीय बनेको पनि महासंघले जनाएको छ।

महासंघको कार्यकारी पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दलको चुनावमा उम्मेदवार हुने प्रतिनिधि चयन हुने कुरा महासंघको विधान तथा पत्रकारिताको विश्वव्यापी मूल्यमान्यताको विरुद्ध रहेको पनि स्पष्ट पारेको छ। 

प्रकाशित मिति: १४:५६ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्