Kathmandu Press

काठमाडौंका २० वटै प्रदेशसभा क्षेत्रमा कांग्रेस अधिवेशन सम्पन्न

काठमाडौं, मंसिर ५ : नेपाली कांग्रेस काठमाडौंको प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ। पार्टीको १४औं महाधिवेशनअन्तर्गत काठमाडौंको १० निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ गरी...
काठमाडौंका २० वटै प्रदेशसभा क्षेत्रमा कांग्रेस अधिवेशन सम्पन्न

काठमाडौं, मंसिर ५ : नेपाली कांग्रेस काठमाडौंको प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ। पार्टीको १४औं महाधिवेशनअन्तर्गत काठमाडौंको १० निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ गरी सबै स्थानको अधिवेशन सम्पन्न भएको हो।

पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबारका लागि अधिवेशन कार्यतालिका तोके पनि केही निर्वाचन क्षेत्रमा भने शनिबार अधिवेशन सम्पन्न भएको थियो। क्षेत्र १ (क) मा प्रल्हादबहादुर कार्की र (ख) मा सुमनकुमार श्रेष्ठ, क्षेत्र २ (क) मा धुव्र अधिकारी र (ख) मा उद्धव खड्का सभापतिमा निर्वाचित भएका छन्।

त्यस्तै क्षेत्र ३ (क) मा श्रीराम चालिसे र (ख) मा विमल ठकुरी, क्षेत्र ४ (क) मा विमलकुमार होडा र (ख) मा रामप्रसाद लुइँटेल सभापतिमा विजयी भएका छन्। 

यस्तै क्षेत्र ५ (क) मा दिनेश डंगोल र (ख) मा राजु खड्का, क्षेत्र ६ (९क)  मा ख्यामराज तिवारी र (ख) मा विष्णुभक्त तिमल्सिना, क्षेत्र ७ (क) मा नवीन मानन्धर र (ख) मा वासुदेव लामा सभापतिमा निर्वाचित भएका छन्। 

यसैगरी क्षेत्र ८ (क) मा इन्द्रमानसिंह सुवाल र (ख) मा शिव खनाल, क्षेत्र ९ (क) मा मोहनबहादुर बस्नेत र (ख) मा राजेन्द्र भट्टराई तथा क्षेत्र १० (क) मा शैलेश मानन्धर र (ख) मा धर्मानन्द श्रेष्ठ निर्वाचित भएका छन्।

पार्टीको १४औं महाधिवेशनअन्तर्गत निर्वाचन क्षेत्रको अधिवेशन मङ्सिर ६ गते, जिल्ला अधिवेशन मङ्सिर १० गते, प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।

प्रकाशित मिति: १४:२७ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्