हेलो नेपालको लाइसेन्स खारेजीविरुद्ध अदालत जाने तयारीमा सुमार्गी
काठमाडौं, भदौ ३ : व्यवसायी अजय सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) यतिवेला विवादमा फसेको छ। लाइसेन्स लिने प्रक्रियाबाटै....

काठमाडौं, भदौ ३ : व्यवसायी अजय सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) यतिवेला विवादमा फसेको छ। लाइसेन्स लिने प्रक्रियाबाटै विवादमा पर्दै आएको कम्पनीको अनुमतिपत्र नेपाल नेपाल दूसञ्चार प्राधिकरणले खारेज गरेको छ।
प्राधिकरणले पटकपटक बक्यौता तिर्न ताकेता दिदैं म्याद थप गर्दै आएको भएपनि अटेर गरेपछि आइतबार बोर्ड सञ्चालक समितिको बैठकले लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो। स्याटेलाइटले ८० करोड रुपैयाँ तिर्न बाँकी छ।
पटकपटक समय थप गर्दा पनि बक्यौता नतिरेपछि अनुमति खारेज गर्ने निर्णय गरेको प्राधिकरणका अध्यक्ष पुरुषेत्तम खनाल बताउँछन्। भदौ १ गतेसम्म पहिलो किस्ता सात करोड रुपैयाँ बुझाउन म्याद दिएको थियो भने तीन महिनाभित्र सवै रकम चुक्ता गर्न पत्रनै पठाएको थियो। तर, पहिलो किस्तानै तिर्न अटरे गरेपछि प्राधिकरणले लाइसेन्स खारेजीको निर्णय गरेको हो।
खारेजीको निर्णयविरुद्ध अजय सुमार्गी भने सर्वोच्च अदालत जाने तयारी गरिरहेका छन्। प्राधिकरण ऐनमा व्यवस्था भएबमोजिम ३५ दिनभित्र कानुनी उपचार खोज्न पाइने व्यवस्था छ। सोही आधारलाई टेकेर सुमार्गी मुद्दामा जान लागेको कम्पनी सम्बद्ध स्रोतले जानकारी दियो।
नेपाल स्याटेलाइटमा सुमार्गीको बहुमत स्वामित्व रहेको छ भने बङ्गलादेशी कम्पनीको पाँच प्रतिशत छ। सुमार्गीले विदेशबाट ल्याउन लागेको लगानी नेपाल राष्ट्र बैंकले रोकिदिएपछि आर्थिक समस्या देखाउँदै बक्यौता तिर्न अटेर गर्दै आएका थिए।
महराले दिएका थिए लाइसेन्स
नेपाल स्याटेलाइटमा सुमार्गीले हालसम्म ६ अर्ब रुपैयाँ लगानी गरेको अनुमान गरिएको छ। प्रचन्ड पहिलो पटक प्रधानमन्त्री भएको समयमा सञ्चारमन्त्री थिए, वर्तमान सभामुख कृष्णबहादुर महरा। सोही समयमा आफ्नो लगानी देखाउँदै सुमार्गीले हेलो नामको कम्पनी नेपाल स्याटेलाइट स्थापना गरेका थिए।
विगतमा मेरो मोवाइल हालको एनसेलमा समेत लगानी गरेका सुमार्गीले पछि बिक्री गरेका थिए। उक्त समयको लाभांश विवाद पनि सर्वोच्चमा विचाराधिन रहेको छ। मध्यपश्चिम र सुदुरपश्चिममा सेवा दिदै आएको हेलो नेपाल मध्य क्षेत्रमा आउन लबिङ गर्दै आएको छ।










-1754206481.jpg)
