Kathmandu Press

यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको दाबी

साना, मंसिर ५ : यमनका हुथी विद्रोहीहरुले अहिलेको यमनको साउदी अरेबिया नेतृत्वको सत्ता गठबन्धनका विरुद्धमा कारबाही गरेको जनाएको छ। हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला...
यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको दाबी

साना, मंसिर ५ : यमनका हुथी विद्रोहीहरुले अहिलेको यमनको साउदी अरेबिया नेतृत्वको सत्ता गठबन्धनका विरुद्धमा कारबाही गरेको जनाएको छ। हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको बताए।

यहाँको सरकारकाविरुद्धमा शनिबार व्यापक आक्रमण गरेको उनीहरुको दाबी छ। ती विद्रोहीहरुले दिएको जानकारीअनुसार उनीहरुले साउदी अरेबियाका विभिन्न विमानस्थलमा पनि ड्रोनबाट बम हमला गरेका छन्। 

Hardik ivf

उनीहरुले ड्रोनबाट आक्रमण गरेको र यसरी गरिएका आक्रमणहरुमा विभिन्न क्षेत्रका विमानस्थलहरु पनि रहेको बताएका छन्। हुथीहरुले यहाँका राजाको रियादस्थित दरबारलाई पनि लक्ष्य गरेर हमला गरेको जनाएका थिए। उनीहरुले साउदी अरेबिया नेतृत्वको सरकारको विरोध गर्दै आएकाले यहाँका राजाका विरुद्धमा पनि हमला गर्ने जनाएका छन्।  

शनिबारको हमला पनि यसैका विरुद्धमा भएको उनीहरुले बताएका छन्। उनीहरुले विगत लामो समयदेखि साउदी नेतृत्वको गठबन्धन सेनाले यमन छोड्नुपर्ने बताउँदै आएका छन् । शनिबार भएको सो हमलामा के कति क्षति भयो भन्ने बारेमा भने केही बताइएको छैन। 

इरानको सहयोगमा रहेका यी हुथी विद्रोहीहरुले गरेको सोे हमलाको साउदी अरेबियाको सरकारले भने पुष्टि गरेको छैन। तर हुथीहरुको  टेलिभिजन अल मारिसाहले भने सो आक्रमण गरिएको बताएको छ।

प्रकाशित मिति: १३:३४ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्