Kathmandu Press

म्यानमारलाई चीनद्वारा कोरोना विरुद्धको खोप सहयोग

यांगुन, मंसिर ५ : म्यानमारलाई चीन सरकारले कोरोनाविरुद्धको खोप सहयोग गरेको छ। पछिल्लो पटक यहाँ १० लाख मात्रा यो खोप पठाएको बताइएको छ। म्यानमारको सूचना...
म्यानमारलाई चीनद्वारा कोरोना विरुद्धको खोप सहयोग

यांगुन, मंसिर ५ : म्यानमारलाई चीन सरकारले कोरोनाविरुद्धको खोप सहयोग गरेको छ। पछिल्लो पटक यहाँ १० लाख मात्रा यो खोप पठाएको बताइएको छ। 

म्यानमारको सूचना मन्त्रालयले सो कुराको सूचना दिएको छ। चीन सरकारले अनुदानमा दिएको सो खोप शनिबार म्यानमारको यांगुन पुगेको सो मन्त्रालयले जानकारी दिएको छ। म्यानमारमा पछिल्लो पटक कोरोनाको प्रभाव पहिलेको भन्दा केही बढेको देखिएको अधिकारीहरुले जनाएका छन्। 

म्यानमार सरकारले एक करोड भन्दा बढी व्यक्तिलाई कोरोना विरुद्धको खोपको पूर्ण मात्रा दिइएको छ। सूचना मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा म्यानमारका १ करोड ३ लाख नागरिकलाई यो खोप दिइसकिएको छ। 

शनिबार ६२५ जनामा कोरोना संक्रमण भएको बताइएको छ। यो समेतगरी यहाँ पाँच लाख १७ हजार ३९५ जनामा यो भाइरसको संक्रमण देखिएको छ। यहाँ गएको २४ घन्टामा २४ जनाको यो संक्रमणबाट निधन भएको छ। यहाँ यो भाइरसबाट अहिलेसम्ममा १९ हजार भन्दा बढीको ज्यान गएको बताइएको छ।

प्रकाशित मिति: १३:१५ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्