Kathmandu Press

बागलुङका चारै प्रदेश क्षेत्रमा कांग्रेस नेतृत्व चयन

बागलुङका चारै प्रदेश क्षेत्रमा कांग्रेस नेतृत्व चयन

बागलुङ, मंसिर ५ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बागलुङका चार प्रदेशक्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ।

शुक्रबारदेखि सुरु भएको अधिवेशनले जिल्लाका चार प्रदेश क्षेत्रमै निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरेको पार्टी कार्यालयले जनाएको छ। चारवटै प्रदेश क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन नभएकाले शनिबार निर्वाचन गरिएको थियो। 

राति अबेरसम्म गरिएको मत गणनाअनुसार सबै क्षेत्रमा नयाँ नेतृत्व चयन भएको जिल्ला सभापति दीपेन्द्र थापाले बताए।  बागलुङ क्षेत्र १ (क) मा हरिबहादुर जिसी निर्वाचित भएका हुन्।

उनी २६४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी ज्ञामनाथ कँडेलले १८८ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामराजा कँडेलले जानकारी दिएका छन्। 

उपसभापतिमा हरिबहादुर कार्की र ओमबहादुर थापा, सचिवमा सुर्यप्रसाद कँडेल र माधवप्रसाद उपाध्याय सहसचिवमा हीराबहादुर थापा र लालबहादुर सुनार विजयी भएका थिए। चारसय ६९ मतदाता रहेको यस क्षेत्रमा ४६३ मत खसेको थियो। आदिवासी जनजाति महिला प्रदेश महाधिवेशन प्रतिनिधिमा प्रमिला राजभण्डारी सर्वसम्मत चयन भएका छन्। 

क्षेत्र  २ (क) मा भने सर्वसम्मतरुपमा नेतृत्व चयन भएको निर्वाचन अधिकृत सरिता केसीले जानकारी दिए। उनका अनुसार सभापतिमा तिलक घर्ती मगर, उपसभापतिमा कलाधर सुवेदी र हरिचन्द्र खत्री, सचिवमा टीकाराम पुन (काउचा) र नीरबहादुर बोहरा, सहसचिवमा राजथापा क्षेत्री र हरिदत्त गौतम सर्वसम्मत चयन भएका थिए। प्रदेश महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा ४५१ मतदातामध्ये ४३५ मत खसेको र १७ मतदाता उपस्थित भएका थिए। 

क्षेत्र २ (ख) को सभापतिमा मेषलाल शर्मा निर्वाचित भएका छन्। प्रमुख प्रतिस्पर्धी खगेन्द्रमान पुनलाई ४९ मतअन्तरले पराजित गरेका शर्माले १८६ मत प्राप्त गरेका थिए । पुनले भने १३७ मत ल्याएका थिए।

उपसभापतिमा इन्द्रबहादुर मल्ल र हिमाल विक निर्वाचित भएका थिए भने सचिवमा हेमबहादुर बुढा र हेमराज जैसी निर्विरोध निर्वाचित भएका थिए। सहसचिवमा ध्रुव शेरचन र सुरजकुमार अदै निर्वाचित भए। प्रदेशप्रतिनिधि खस आर्यबाट धनराम पुरी, आदीवासी जनजातीतर्फ पुनिकला घर्ती मगर, दलित महिलातर्फ ईन्द्रकुमारी सिर्पाली निर्विरोध निर्वाचित भए।  

क्षेत्र नं १ प्रदेश ९ख० को सभापतिमा दलबहादुर श्रीस राना विजयी भएका छन्। उनले प्रतिस्पर्धी धनबहादुर शाहीलाई १५० मतान्तरले पराजित भएका थिए । चार सय ५६ मत खसेकामा श्रीसले २९३ मत र  शाहीले १४३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। उपसभापतिमा टेकनारायण शर्मा र रुद्रहरी शर्मा, सचिवमा बालकृष्ण शर्मा र लक्ष्मीप्रसाद सापकोटा, सहसचिवमा ओमबहादुर क्षेत्री र विशन शर्मा निर्वाचित भए। 

प्रदेश महाधिवेशन प्रतिनिधि खुलातर्फ इन्द्रराज पौडेल, ईश्वर ठाकुर पौडेल, कमलराज सापकोटा, प्रभाकर पौडेल, मोतीराम गौतम, लक्ष्मीकान्त शर्मा र सुमन भुषाल तथा खुल्ला महिलातर्फ उषा पौडेल र कमलादेवी शर्मा निर्वाचित भए।

महाधिवेशन प्रतिनिधिमा खस÷आर्य पुरुषतर्फ प्रेम सापकोटा र श्रीकृष्ण पौडेल, आदिवासी÷जनजातीतर्फ लेखबहादुर थापा, आरक्षण जनजाति महिलातर्फ माया थापा निर्वाचित भए। दलितबाट केन्द्रबहादुर सुनार र  अल्पसङ्ख्यक, मुस्लिम तथा अपांगता कोटाबाट निलप्रसाद शर्मा सर्वसम्मत चयन भएका निर्वाचन समितिले जनाएको छ। 

प्रकाशित मिति: १३:०१ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्