Kathmandu Press

भोजपुरमा कांग्रेस अधिवेशन : प्रदेशसभा ‘क’ मा बस्नेत र ‘ख’ मा खुलाल सभापति

भोजपुर, मंसिर ५ : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत यहाँको प्रदेशसभा ‘क’ र ‘ख’को नेतृत्व चयन भएको छ।निर्वाचनअन्तर्गत प्रदेश ‘ख’का सभापति पदमा मदन...
भोजपुरमा कांग्रेस अधिवेशन : प्रदेशसभा ‘क’ मा बस्नेत र ‘ख’ मा खुलाल सभापति

भोजपुर, मंसिर ५ : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत यहाँको प्रदेशसभा ‘क’ र ‘ख’को नेतृत्व चयन भएको छ।

निर्वाचनअन्तर्गत प्रदेश ‘ख’का सभापति पदमा मदन खुलाल सर्वसम्मत चयन भएका छन्। त्यस्तै समितिको उपसभापतिमा घमचन्द्र दाहाल, भविन्द्र राई, सचिवमा विनम श्रेष्ठ, निम्नुरी शेर्पा र सहसचिवमा प्रलाद थापा, विशुराम राई चयन भएका छन्।

प्रदेशसभा ‘क’ मा भने निर्वाचनमामार्फत नेतृत्व चयन गरिएको हो। ‘क’ को सभापतिमा सरोज बस्तेन निर्वाचित भएका छन्। जिल्ला सभापतिमा भने तीनजनाले दाबेदारी प्रस्तुत गरेका छन्। हालका सभापति नन्दमणि राई, विनोद बान्तवा र बालकृष्ण थापाले सो पदमा दाबेदारी प्रस्तुत गरेका छन्। 

प्रकाशित मिति: १२:५२ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्