Kathmandu Press

काश्मिरबारे माेदी र इमरानसँग ट्रम्पको फोनवार्ता

वासिङ्टन, भदौ ३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै कुराकानी गरेका छन्।

काश्मिरबारे माेदी र इमरानसँग ट्रम्पको फोनवार्ता
फाइल फोटो

वासिङ्टन, भदौ ३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै कुराकानी गरेका छन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् फोनमा दुवै देशका प्रधानमन्त्रीसँग आफूले कुरा गरेको बताएका छन्। उनले ट्वीटमा लेखेका छन्, ‘मैले मेरा दुई असल साथी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग कुराकानी गरेको छु।’

व्यापार, रणनीतिक साझेदारी, भारत र पाकिस्तानको सहकार्यलगायतका विषयमा पनि कुराकानी भएको ट्रम्पले उल्लेख गरेका छन्।

काश्मिर मामिलामा परिस्थिति नराम्रो भएपनि वार्ता निकै राम्रो भएको राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन्।

यही अगस्ट ५ तारिखमा भारत सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मु काश्मिरलाई दिइएको विशेष अधिकार खोसेको थियो। जम्मु काश्मिरलाई केन्द्र शासित प्रदेश तथा जम्मु काश्मिरबाट लद्दाख क्षेत्रलाई अलग गरी अर्को केन्द्र शासित प्रदेश बनाएको छ।

त्यसयता भारत र पाकिस्तानकाबीचमा फेरि सम्बन्ध चिसिएको छ भने विश्व समुदायले पनि चासोका साथ हेरेको छ।

काश्मिरको अवस्था तनावग्रस्त रहेको छ। अझै पनि टेलिफोन र इन्टरनेट बन्द गरिएको छ। प्रदर्शनमा रोक लगाएको छ भने विद्यालय, कलेज र विश्वविद्यालय बन्द रहेका छन्। 

प्रकाशित मिति: १३:२७ बजे, मंगलबार, भदौ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्