Kathmandu Press

बंगलादेशमा डेढ वर्षपछि पहिलोपटक शनिबार कोरोनाबाट शून्य मृत्यु

ढाका, मंसिर ५ : बंगलादेशमा गएको करिब डेढ वर्षपछि पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु नभएको बताइएको छ।प्राप्त समाचारअनुसार यहाँ शनिबार कोरोना भाइरसको...
बंगलादेशमा डेढ वर्षपछि पहिलोपटक शनिबार कोरोनाबाट शून्य मृत्यु

ढाका, मंसिर ५ : बंगलादेशमा गएको करिब डेढ वर्षपछि पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु नभएको बताइएको छ।

प्राप्त समाचारअनुसार यहाँ शनिबार कोरोना भाइरसको कारण कसैको मृत्यु भएन। यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन्। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सन् २०२० को अप्रिल ३ पछि पहिलो पटक शनिबार मात्र कोरोनाबाट मृत्यु नभएको हो। 

Hardik ivf

यहाँ सन् २०२० को मार्च १८ मा कोभिडका कारण पहिलोपटक तीन जनाको मृत्यु भएको थियो। त्यसयता यहाँ कोभिडबाट मृत्यु नभएको दिन थिएन। गत अप्रिल ३ मा पनि यहाँ यसबाट एकजनाको ज्यान गएको थियो। त्यसयता हरेक दिन नागरिकको मृत्यु भएको छ। तर, पछिल्ला केही समयमा भने यहाँ कोरोनाको असर केही घटेको पाइएको छ। 

अधिकारीहरुले यहाँ ठूलो संख्याका नागरिकलाई खोप लगाइएको र बंगलादेशको सरकारले अपनाएको स्वास्थ्य मापदण्डका कारण यहाँ कोरोनाको प्रभाव घट्दै गएको हो।

यहाँ पछिल्लो केही महिनामा यो भाइरसको संक्रमण हुने दर र मृत्यु दर पनि घटेको पाइएको छ। यहाँ शनिबारभन्दा अघिल्लो दिनसम्म पनि कोरोनाबाट मृत्यु त भएको छ र तर निकै थोरै संख्यामा र कुनै दिन एकजना मात्रको पनि कोभिडबाट निधन हुने गरेको छ। 

प्रकाशित मिति: १२:३२ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्