Kathmandu Press

सुनको मूल्य तोलाको ९३,७०० रुपैयाँ कायम

काठमाडौं, मंसिर ५ : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९३ हजार ७०० तोकिएको छ। अधिल्लो दिन प्रतितोला...
सुनको मूल्य तोलाको ९३,७०० रुपैयाँ कायम

काठमाडौं, मंसिर ५ : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९३ हजार ७०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार २०० कायम भएको छ ,जसको मूल्य गत शुक्रबार प्रतितोला रु. ९३ हजार ९०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले घटेर रु. १ हजार २६० तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:२९ बजे, आइतबार, मंसिर ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्