Kathmandu Press

भक्तपुरमा कांग्रेस अधिवेशन : चारवटै प्रदेश क्षेत्रमा नयाँ नेतृत्व

भक्तपुर, मंसिर ५ : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत भक्तपुरका चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ।निर्वाचन समितिले निर्वाचनको परिणाम शनिबार राति अबेर...
भक्तपुरमा कांग्रेस अधिवेशन : चारवटै प्रदेश क्षेत्रमा नयाँ नेतृत्व

भक्तपुर, मंसिर ५ : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत भक्तपुरका चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ।

निर्वाचन समितिले निर्वाचनको परिणाम शनिबार राति अबेर सार्वजनिक गरेको थियो। प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ अन्तर्गत प्रदेश क्षेत्र  ‘क’ को सभापतिमा जयन्द्र खड्का र उपसभापतिमा दिनेश अवाल र रमेश केसी लामिछाने, सचिवमा रोशन तिमिल्सिना र शिवहरि थापा, सहसचिवमा सञ्जीव पुरी र सरिता थापा निर्वाचित भएका छन्। 
    
सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘ख’ मा शिवप्रसाद अवाल सभापतिमा निर्वाचित भएका छन्। उपसभापतिमा रामकुमार फाँजु र गणेशलाल मुनकर्मी, सचिवमा भक्ति अवाल र रुमन श्रेष्ठ तथा सहसचिवमा सिर्जना नागा र झम्केश्वर गणेजु निर्वाचित भएका छन्। 
    
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ अन्तर्गत प्रदेश क्षेत्र ‘क’ को सभापतिमा प्रदीप कार्की निर्वाचित भएका छन्। उपसभापतिमा शशीकुमार न्यौपाने र भगवान खत्री, सचिवमा राजाराम थापा र सुशीला ढुंगेल, सहसचिवमा दीप गिरी र रीता खत्री (कार्की) निर्वाचित भएका छन्। 

निर्वाचन क्षेत्र २ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’ को सभापतिमा ओमप्रकाश श्रेष्ठ निर्वाचित भएका छन्। उपसभापतिमा बच्चुकैलाश बुढाथोकी र राजेन्द्र चक्रधर, सचिवमा प्रेमबहादुर कुट र बालकृष्ण श्रेष्ठ, सहसचिवमा शैलेश श्रेष्ठ र निराकार श्रेष्ठ निर्वाचित भएका छन्।

प्रकाशित मिति: १२:१३ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्