Kathmandu Press

१२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप लगाइँदै

काठमाडाैं, मंसिर ४ : आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । आजबाट १२ देखि १७ वर्ष...
१२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप लगाइँदै

काठमाडाैं, मंसिर ४ : आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिनेछ।

शनिबारसम्म १२ वर्षमाथिका दीर्घ रोगीलाई मात्रै लगाइँदै आएको फाइजर खोज आजबाट १२ देखि १७ वर्षसम्मका सबैलाई लगाइने भएको छ। खोप सीमित रहेकाले पहिले आउनेलाई प्राथमिकता दिइने बताइएको छ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकि गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको हो । यसको दोस्रो मात्रा ४ सातापछि अर्थात २७ मंसिरदेखि २ पुस सम्मका लागि तय गरिएको छ ।

 

 

प्रकाशित मिति: १०:३९ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्