Kathmandu Press

दाङमा बस दुर्घटना, २९ यात्रु घाइते

दाङ, मंसिर ५ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।सुर्खेतबाट काठमाडौं आइरहेको कर्णाली प्रदेश ०२–००१...
दाङमा बस दुर्घटना, २९ यात्रु घाइते

दाङ, मंसिर ५ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।

सुर्खेतबाट काठमाडौं आइरहेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस गएराति दाङको लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटना भएको हो। दुर्घटनामा २९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेश काफ्लेले बताए।

दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य घाइतको लमहीमा उपचार भइरहेको एसपी काफ्लेले बताए।

बसमा सवार १० जना यात्रु सकुशल रहेका छन्। बसमा ३९ जना यात्रु सवार थिए।

प्रकाशित मिति: ०७:५२ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्