Kathmandu Press

भू–उपयोग नियमावली अन्तिम चरणमा

काठमाडौं, मंसिर ५ : भूमि, व्यवस्था, सहकारी तथा गरिशी निवारणमन्त्री शशि श्रेष्ठले भू–उपयोग नियमावली निर्माणको अन्तिम चरणमा पुगेको बताएकी छन्।उग्रचण्डी नाला समाजको काठमाडौंमा...
भू–उपयोग नियमावली अन्तिम चरणमा

काठमाडौं, मंसिर ५ : भूमि, व्यवस्था, सहकारी तथा गरिशी निवारणमन्त्री शशि श्रेष्ठले भू–उपयोग नियमावली निर्माणको अन्तिम चरणमा पुगेको बताएकी छन्।

उग्रचण्डी नाला समाजको काठमाडौंमा भएको चौथो साधारणसभामा उनले भू–उपयोग नियमावली आएपछि खेतीयोग्य जमिनको संरक्षण भई व्यावसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरिन्।

भू–उपयोग नीतिअनुसार कृषियोग्य जमिन र किसानका हकहितको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाएर कृषिको व्यवसायीकरण, औद्योगिकीकरण र विविधीकरण गर्ने नीतिअनुसार मन्त्रालय कृषियोग्य भूमिको संरक्षण गर्न लागिरहेको उनको भनाइ थियो।

मन्त्री श्रेष्ठले भूमिहीन, दलित, सुकुुम्बासी र उपत्यकाभित्र रहेका स्ववासीको समस्या समाधान गर्न आफूूले पहल सुरु गरिसकेको पनि बताइन्। विकास निर्माणका काममा एक भएर लाग्न सबैलाई आग्रह गरिन्।

उनले काभ्रेको नाला प्राकृतिक सम्पदा, जैविक विविधता, संस्कृति सम्पदाले महत्वपूर्ण हुँदाहुँदै पनि प्रचार–प्रसार र संरक्षणको अभावमा अगाडि आउन नसकेको भन्दै नालासँगै काभ्रे जिल्लाकै विकासमा आफू सहयोग गर्न तयार रहेको पनि बताइन्।

प्रकाशित मिति: ०६:५७ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्