Kathmandu Press

इन्डोनेसियाको जाभा प्रान्तमा पहिरोमा परी चार जनाको मृत्यु

इन्डोनेसियाको जाभा प्रान्तमा पहिरोमा परी चार जनाको मृत्यु

जकार्ता मंसिर ४ : इन्डोनेसियाको मध्य जाभा प्रान्तमा राति पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीले शनिबार दिउँसो भारी वर्षापछि बन्जरनेगारा जिल्लाका धेरै घरहरूमा क्षति पुगेको जनाइएको छ।

सन् २०१४ मा सोही जिल्लामा यस्तै पहिरोमा परी सयभन्दा बढीको ज्यान गएको थियो।

इन्डोनेसियामा वर्षाको मौसममा बाढी र पहिरोका घटनाहरू सामन्य जस्तै हुने गर्छ सामान्यतया अक्टोबरदेखि मार्चसम्म यसको बढी असर देखिन्छ।

प्रकाशित मिति: २०:३२ बजे, शनिबार, मंसिर ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्