Kathmandu Press

माओवादी जनयुद्धको सपना पूरा हुनेछ : मुख्यमन्त्री केसी

पाल्पा, मंसिर ४ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले माओवादी जनयुद्धको सपना पूरा गर्न नयाँ नीतिका साथ पार्टी अगाडि बढेको बताएका छन्। माओवादी...
माओवादी जनयुद्धको सपना पूरा हुनेछ : मुख्यमन्त्री केसी

पाल्पा, मंसिर ४ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले माओवादी जनयुद्धको सपना पूरा गर्न नयाँ नीतिका साथ पार्टी अगाडि बढेको बताएका छन्। माओवादी जनयुद्धका सपना अझै बाँकी रहेकाले ती सपना पूरा गर्न नयाँ सोचका साथ पार्टी लागि परेको मुख्यमन्त्री केसीको भनाइ थियो।

नेकपा (माओेवादी केन्द्र) तानसेन नगरका वडाहरुको अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशभित्र माओवादीका एक लाख १५ हजार पार्टी सदस्य रहेको बताए। उनले पार्टी सदस्य नवीकरणलाई अनलाइनमार्फत गरेर व्यवस्थित गरिएको जानकारी दिए।

Hardik ivf

माओवादी केन्द्र पाल्पाका अधिकांश स्थानमा आज वडा अधिवेशन सम्पन्न भएको छ। तिनाउ गाउँपालिका र रिब्दीकोट, रैनादेवी छहरा गाउँपालिकाका अधिकांश स्थानमा माओवादी केन्द्रको अधिवशेन सम्पन्न भएको छ।

तानसेन नगरपालिकाको १ देखि ७ नं वडाका अधिवेशनलाई एकीकृत गरी तानसेनमा सम्पन्न भएको जिल्ला अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए।

प्रकाशित मिति: १९:५५ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्