Kathmandu Press

प्रहरी हिरासतभित्रै वृद्धाको मृत्यु्

बझाङ, मंसिर ४ :  जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी एक वृद्धाको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया विष्णादेवी रावल हिरासत कक्षमै...
प्रहरी हिरासतभित्रै वृद्धाको मृत्यु्

बझाङ, मंसिर ४ :  जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी एक वृद्धाको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया विष्णादेवी रावल हिरासत कक्षमै बेहोस भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

आज बिहान एक्कासि बेहोस भएकी रावललाई जिल्ला अस्पताल सिमखेत लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर बिष्टले बताए। उनका अनुसार बिहान चिया खाने क्रममा रावल बेहोस भएकी थिइन्। उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए। रावल र उनका छोरा जयबहादुर कर्तव्य ज्यान मुद्दामा गत कात्तिक २० गतेदेखि प्रहरी हिरासतमा थिए। जयबहादुरकी श्रीमती कात्तिक ७ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनका माइती पक्षले आमाछोरा मिलेर हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।

प्रकाशित मिति: १९:३० बजे, शनिबार, मंसिर ४, २०७८