Kathmandu Press

पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाल अधिकारप्रति दृढ प्रतिबद्धता

इस्लामावाद, मंसिर ४ : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार बालअधिकार कायम राख्न र देशका प्रत्येक बालबालिकाको राम्रो भविष्य सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता बताएका...
पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाल अधिकारप्रति दृढ प्रतिबद्धता

इस्लामावाद, मंसिर ४ : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार बालअधिकार कायम राख्न र देशका प्रत्येक बालबालिकाको राम्रो भविष्य सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता बताएका छन्।

प्रधानमन्त्रीले विश्व बाल दिवसका अवसरमा जारी शुभकामना सन्देशमा पाकिस्तान सरकार विकास, शिक्षा, स्वास्थ्य सेवा, सहभागिता, मर्यादा र सुरक्षा लगायतका प्रत्येक बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न कटिबद्ध रहेको बताएका हुन्। 

हामी पाकिस्तानमा बालबालिकाको अधिकारको संरक्षण र उनीहरूलाई पाकिस्तानको उत्पादक नागरिक बन्न समान अवसरहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गरौं,ू खानले भने।

उनले वर्तमान सरकारले मुलुकमा बालअधिकारको संरक्षणका लागि राष्ट्रिय बालअधिकार आयोगको स्थापनालगायत विभिन्न पहल गरेको बताउँदै बाल संरक्षण संस्थानको स्थापना र विभिन्न ऐनहरू निर्माण गरिरहेको समेत उल्लेख गरेका छन्।

यसैगरी अन्य कल्याणकारी उपायहरू, जस्तै कुपोषित बालबालिकालाई पोषण सहयोग र हेल्थ कार्डहरू मार्फत विश्वव्यापी स्वास्थ्य सेवा पनि शुरु गरिएको  प्रधानमन्त्रीले बताएएका छन्।

साथै, भावी पुस्तालाई ध्यानमा राखेर स्वच्छ र हरित पाकिस्तानको पहल शुरु गरिएको पनि उनले उल्लेख गरेका छन्। 

प्रकाशित मिति: १८:०८ बजे, शनिबार, मंसिर ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्