काठमाडौं उपत्यकामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, मंसिर ४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ७१, भक्तपुरमा २८ र ललितपुरमा ६ जनामा...
काठमाडौं, मंसिर ४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ७१, भक्तपुरमा २८ र ललितपुरमा ६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,५३२ रहेको छ।
तीमध्ये काठमाडौंमा ५१२, भक्तपुरमा ४६३ र ललितपुरमा ५५७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:५५ बजे, शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











