Kathmandu Press

चीन कोभिड–१९ विरुद्ध सतर्क रहने

बेइजिङ, मंसिर ४ : विश्वमा कोभिड १९ सङ्क्रमणका घटनाहरू लगातार पाँच हप्तादेखि बढ्न थालेपछि त्यसको प्रत्यक्ष असर चीनमा पर्न सक्ने भएकाले यसविरुद्ध सचेत रहने...
चीन कोभिड–१९ विरुद्ध सतर्क रहने

बेइजिङ, मंसिर ४ : विश्वमा कोभिड १९ सङ्क्रमणका घटनाहरू लगातार पाँच हप्तादेखि बढ्न थालेपछि त्यसको प्रत्यक्ष असर चीनमा पर्न सक्ने भएकाले यसविरुद्ध सचेत रहने बताएको छ। 
राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार चीनले विद्यमान रोकथाम र नियन्त्रण उपायहरूलाई सुदृढ गर्दै प्रभावकारी कार्यान्वयन गर्न जारी राख्नुपर्छ र बन्दरगाह क्षेत्रहरूको महामारी निरीक्षण र नियन्त्रण क्षमतालाई बलियो बनाउनुपर्छ।

उनले समाजमा पर्ने असरलाई न्यूनीकरण गर्न चीनले प्रारम्भिक सङ्क्रमण तुरुन्त पत्ता लगाउने उपायहरू, रिपोर्टिङ, क्वारेन्टिन प्रोटोकल र कोभिड–१९ का विरामीहरूलाई तत्काल उपचारको प्रबन्ध मिलाउने लगायतका प्रयत्न अगाडि बढाउने बताएका छन्।  

प्रकाशित मिति: १७:२८ बजे, शनिबार, मंसिर ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्